कांग्रेस केन्द्रीय समिति बैठक अब प्रत्यक्ष प्रसारण हुने
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
566
Shares
काठमाडौँ। नेपाली कांग्रेसले आगामी दिनमा केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा नेताहरूका प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले यस्तो घोषणा गरेका हुन्।
सभापति देउवाले प्रत्यक्ष प्रसारण गर्दा केन्द्रीय समितिको बैठक अझ राम्रो हुने धारणा राखे। उनले केन्द्रीय समितिमा नेताहरूले बोलेका कुराहरू बाहिर गएर सञ्चारकर्मीहरूसँग भन्ने गरेको भन्दै, भित्र सञ्चारमाध्यमलाई प्रवेश गर्न दिनु र नदिनुको अर्थ नरहने बताए। "यसको प्रत्यक्ष प्रसारण गर्न पाएको भए राम्रो हुने रहेछ, यहाँ भएका सबै कुराहरू बाहिर गएर नेताहरू बोलिहाल्ने रहेछन्। अबदेखि प्रत्यक्ष प्रसारणको समझदारी लागू गर्ने हो," उनले भने, "सबै साथीहरूलाई बोल्ने इच्छा छ, राम्रो बोल्छन् सबै। सबैलाई लाइभमै बोल्ने इच्छा पनि छ।"
सभापति देउवाले मिडियामा आफ्ना भनाइहरू लैजाने चाहना सबै नेताहरूलाई रहेकाले आगामी दिनमा सबै केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण हुने घोषणा गरे।