महामारीले रोगलाई भिसा चाहिँदैन भनेर देखायो – नरेन्द्र मोदी
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
1.5k
Shares
काठमाडौँ । भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा वातावरण, जलवायु सम्मेलन र विश्वव्यापी स्वास्थ्य जस्ता मुद्दाहरूमा राखेको धारणालाई सबैले सराहना गरेका छन् ।
उनले मानिसहरू र पृथ्वीको स्वास्थ्य एकअर्कासँग जोडिएको भन्दै कोरोना महामारीले रोगलाई राहदानी वा भिसाको आवश्यकता पर्दैन र यसको समाधान सबैले मिलेर खोज्नुपर्छ भन्ने देखाएको बताएका हुन् ।
उनले भने, ‘त्यसैले हामीले हाम्रो ग्रहलाई स्वस्थ राख्न मिलेर प्रयास गर्नुपर्छ।’ ब्रिक्स सम्मेलनमा भारतको आयुष्मान भारत योजनालाई उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भने, ‘म यस योजनामा गर्व गर्छु किनकि यो विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा योजना हो ।’
उनका अनुसार भारतले स्वास्थ्य प्रणाली सुधार गर्न प्रविधिको पूर्ण प्रयोग गरेको छ। मोदीले यो पनि भने कि भारतमा परम्परागत चिकित्सा प्रणालीहरू पनि छन्, जसले मानिसहरूलाई स्वस्थ्य रहन मद्दत गर्दछ।