arrow

देशभर बदली, पहाडी भूभागमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित छ, जसले गर्दा देशभर मनसुनी गतिविधि बढ्ने संकेत गर्छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बदली रहनेछ। मनसुनी वायुको प्रभाव र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि यस्तै वर्षा हुन सक्छ।

विशेषगरी, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ