arrow

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
pashupati-082.jpg

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्त्व राख्ने साउन महिनाको पहिलो सोमबार (आज) काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको बाक्लो भीड लागेको छ। बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीहरूको घुइँचो देखिएको छ।

साउने सोमबारको पूजाअर्चना र दर्शनका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान साढे ३ बजेदेखि नै खुला गरिएको थियो। पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायतका व्यवस्थापनहरू मिलाएको जनाएको छ। साउन महिना र सोमबारलाई भगवान् शिवजीको महिना र बार मानिने भएकाले यस अवसरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने गर्छ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी शुद्ध जल चढाउने भक्तजनहरूको पनि भीड लाग्ने गर्दछ, जुन एक परम्परागत चलन हो।

काठमाडौं उपत्यकामा पशुपतिनाथका साथै गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वर लगायतका शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ। उपत्यकाबाहिर काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयहरूमा पनि भक्तजनहरू बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त देखिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ