arrow

श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
court-worker.jpg

काठमाडौँ । श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको छ । अदालतले आर्थिक वर्ष २०८१/८२ मा एक वर्ष नाघेका मुद्दालाई शून्यमा पुर्याएको हो । 

अदालतमा ६ महिनादेखि १ वर्षभित्रका ९२ वटा मुद्दा रहेका थिए । श्रम अदालतका रजिष्ट्रार मुकुन्द निरौलाका अनुसार अदालतले गत असार मसान्तसम्म ४२२ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकामा ४ सय ६१ थान (१०९.२४) मुद्दा फछ्र्याैट गरेको छ । अब अदालतमा १५१ मुद्दा फछ्र्याैट गर्न बाँकी छन् ।

रजिष्ट्रार निरौलाका अनुसार न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाले निर्धारण गरेको लक्ष्यअनुरुप जिम्मेवारी सरेका सबै मुद्दा फछ्र्यौट गर्ने र नयाँ दर्ता भएका मुद्दाबाट कम्तीमा ५० प्रतिशत फछ्र्यौट गर्ने लक्ष्य थियो । 

आव २०८०/८१ बाट जिम्मेवारी सरेका १ सय ५६ र सो आवमा दर्ता हुन आउने निवेदनसहित मुद्दा सङ्ख्या ३ सय ४५ गरी जम्मा वार्षिक अनुमानित मुद्दाको लगत ५सय १ हुने अनुमान गरिएको थियो । 

जसमा जिम्मेवारी सरेको १ सय ५६ र नयाँ निवेदनसहितको मुद्दा सङ्ख्या ४ सय ५६ दर्ता भई कुल जम्मा ६१२ लगत हुन आएकामा जिम्मेवारीतर्फको सबै १ सय ५६ थान र नयाँतर्फको ३ सय ५ गरी जम्मा ४६१ थान मुद्दा फछ्र्याैट गरी समग्र मुद्दा ७५दशमलव३३ प्रतिशत रहेका थिए ।

श्रम अदालतमा तीन न्यायाधीश हुने कानूनी व्यवस्था छ । अहिले श्रम अदालतका अध्यक्ष जनक पाण्डे र सदस्यमा निशा बाँनिया र शैलेन्द्रकुमार चौरसिया छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ