arrow

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा तीन किसानको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
District-23-Rautahat-hamrakura.jpg.jpeg

चन्द्रपुर (रौतहट) । रौतहटमा एक हप्ताभित्रै करेन्ट लागेर तीन जना किसानको ज्यान गएको छ। बुधबार मात्रै धान रोप्न खेतमा पानी लगाउने क्रममा दुई जना किसानको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले दिएको जानकारीअनुसार, बुधवार बिहान माधव नारायण–४ का रामबाबु मुखिया को खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो। उनको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा ज्यान गएको हो। त्यसैगरी, कटहरीया–२ का मोक्तार देवानको पनि खेतमा पानी लगाउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि, असार ३१ गते मौलापुर–८ सोनरनियाका गोलु भन्ने नरेन्द्र पटेलको पनि करेन्ट लागेर मृत्यु भएको थियो। यस वर्ष तराईमा खडेरी परेपछि किसानहरूलाई मोटरबाट पानी तानेर धान रोप्नुपर्ने बाध्यता छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ