arrow

मनसुनी वायुको प्रभाव कमजोर : केही प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव अहिले कमजोर बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ।

यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भने भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा मौसम साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना छ। कोशी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ