देशभर मनसुनी वायुको प्रभाव: पहाडी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
666
Shares
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। विशेष गरी, कोशी, बागमती र लुम्बिनी लगायतका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षा को पनि सम्भावना छ।
आज राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा को सम्भावना छ।