-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाबीचको सीमा विवादका कारण बढेको तनावका बीच दुई देशका नेताहरू सोमबार मध्यरातदेखि युद्धविराम लागू गर्न सहमत भएका छन्।
मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले पुत्रजयामा आयोजना गरेको बैठकपछि यो सहमति भएको हो।
कम्बोडिया र थाइल्याण्डबीचको सीमा विवादका कारण यसअघि कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो।
यस द्विपक्षीय लडाइँमा कम्तीमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ।