देशभर बदली, पहाडी क्षेत्रमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
384
Shares
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसका कारण आज दिनभर र रातभरि देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। विशेषगरी सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसका साथै, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षाका कारण सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले यात्रामा निस्कनुअघि आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।