arrow

परराष्ट्रमन्त्री राणाको नर्सहरूलाई आग्रह: अनुभव बटुलेर स्वदेश फर्कनुस् [भिडियो]

महाराजगञ्ज नर्सिङ क्याम्पसलाई क्युएए प्रमाणपत्र नदिएकोमा मन्त्री राणाको चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
arju-ss-any.jpg

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका नर्सहरूलाई विदेशमा अनुभव बटुलेर स्वदेश फर्किन आग्रह गरेकी छन्। आइतबार महाराजगञ्ज नर्सिङ क्याम्पसको एक कार्यक्रममा बोल्दै उनले नेपाललाई उनीहरूको आवश्यकता रहेको बताइन्।

मन्त्री राणाले नर्सिङ पेसाको महत्त्वमाथि प्रकाश पार्दै चिकित्सकले शल्यक्रिया गरे पनि नर्सले जीवनकै स्याहार गर्ने बताइन्। उनले नेपालमा अवसरको कमीका कारण धेरै नर्सहरू विदेशिने गरेको तथ्याङ्क प्रस्तुत गर्दै भनिन्, "६२८ जना पास भएकोमा ५७५ जना त विदेश नै जानुहुँदो रहेछ।"

उनले नर्सहरूलाई विदेशमा उच्च शिक्षा र अनुभव प्राप्त गरेर नेपालको स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन सहयोग गर्न अनुरोध गरेकी छन्।

सोही कार्यक्रममा मन्त्री राणाले महाराजगञ्ज नर्सिङ क्याम्पसले गुणस्तर सुनिश्चितता एवं प्रत्यायन क्युएएको प्रमाणपत्र नपाएकोमा पनि चिन्ता व्यक्त गरिन्। उनले कुनै पनि शिक्षालयलाई व्यक्तिगत वा राजनीतिक प्रतिशोधका कारण यस्तो प्रमाणपत्र नदिनु दुःखद भएको बताइन्। उनले क्याम्पसलाई मापदण्ड पूरा गर्न लगाउनुपर्ने वा प्रमाणपत्र दिनुपर्ने माग पनि गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ