arrow

उडिरहेको विमानसँग चरा ठोक्किएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
madrid-air.jpg

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडको एडोल्फो सुआरेज–बाराजास विमानस्थलबाट पेरिसका लागि उडेको आइबेरियाको एउटा उडान चरासँग ठोक्किएपछि सुरक्षित रूपमा विमानस्थलमा फर्किएको छ।

उडेको केही समयपछि नै विमानमा चरा ठोक्किएको थियो। त्यसपछि विमानलाई पुनः म्याड्रिड विमानस्थलमा फर्काइएको हो। चरा ठोक्किएपछि विमानको अगाडिको भागमा र एउटा इन्जिनमा क्षति पुगेको बताइएको छ। यद्यपि, विमानलाई सुरक्षित अवतरण गराउन चालक दल सफल भएका छन्।

यस्तो घटनालाई 'बर्ड स्ट्राइक' भनिन्छ, र यसले विमानको सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्न सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ