arrow

दाङ, बाँके र बर्दियामा अति भारी वर्षा, बाढीको जोखिम उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
mausams.jpg

काठमाडौँ। पछिल्लो समयमा दाङ, बर्दिया र बाँकेमा अति भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो १२ घण्टामा दाङको जलकुण्डीमा २२७ मिमी र बाँकेको सिक्टामा २०० मिमी वर्षा मापन गरिएको छ, जुन 'अति भारी वर्षा' को श्रेणीमा पर्दछ। यस्तै, बर्दियाको मानपुरमा पनि 'धेरै भारी वर्षा' भएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार, आज दिउँसो र राति पनि पश्चिमी नेपालमा बढी वर्षा हुने सम्भावना छ। यद्यपि, अन्य प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराईमा अवस्थित रहेकाले मनसुन अझै केही दिन सक्रिय रहनेछ।

आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को सम्भावना रहेको विभागले जनाएको छ।

लगातारको वर्षाले गर्दा दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा र बर्दियाको मानपुरलगायतका क्षेत्रमा बढी पानी परेको छ। यसबाट बग्ने बबई, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायतका साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने र तल्लो तटीय क्षेत्रहरूमा डुबानको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ