पहिरोले राप्ती राजमार्ग अवरुद्ध, दाङ-सल्यान सडकखण्ड बन्द
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
505
Shares
तस्बिर फाइल
दाङ। लगातारको वर्षापछि खसेको पहिरोले राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ। दाङ-सल्यानको सिमाना नजिकै सडकमा आज बिहानैदेखि पहिरो खसेकाले सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द भएको हो।
कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराईका अनुसार, कपुरकोट गाउँपालिका-३ को सडकखण्डमा पहिरो खसेको हो। अहिले सडक खुलाउने प्रयास भइरहेको छ।
प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ। वर्षा अझै जारी रहेकाले थप पहिरोको जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन पनि आग्रह गरिएको छ।