पोखरा । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज मंगलबार छापावाला छापावाल सुन तोलाको एक हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यसअघि गत बैशाख ९ गते सुन तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ सोमबार प्रतितोला एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज असली चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार चाँदी तोलाको दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।