arrow

सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा आज सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

आज शुक्रबार छापावाल सुन तोलामा एक हजारले बढेर प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जनाएको छ । 

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि साउन २० गते सुन प्रतितोला एक लाख ९८ हजार पाँच सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो ।

यस्तै, आज असली चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर दुई हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार चाँदी तोलाको दुई हजार तीन सय १५ मा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ