arrow

केन्द्रीय समिति बैठकको निर्णय

विदेशमा रहेका नेपालीलाई मताधिकारका लागि रास्वपाले अभियान चलाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
rsp-22.jpg

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकले यो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्। बैठकले पार्टी सभापति रवि लामिछानेका लागि जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा अझ प्रभावकारी बनाउने निर्णय पनि गरेको छ।

पार्टीलाई वडादेखि केन्द्रसम्म सशक्त बनाउन केन्द्रीय समितिका सबै सदस्यहरूलाई जिल्ला-जिल्लामा परिचालन गरिने भएको छ। साथै, पार्टीले रणनीतिक कार्यहरू सम्पादन गर्न विभिन्न रणनीतिक समूहहरू पनि गठन गर्ने भएको छ।

प्रवक्ता झाका अनुसार, पार्टीले रवि लामिछानेका लागि राजनीतिक, कानुनी र प्रशासनिक तवरबाट न्यायका लागि प्रयास जारी राख्नेछ, तर अन्तिम न्याय जनताको अदालतबाट पाइने विश्वास लिएको छ। बैठकले पार्टीका संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय पनि गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ