arrow

देशभर बदली, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज देशभर मौसम बदली हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा केही ठाउँमा र मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ।

आज राति पनि देशभर मौसम सामान्यतया बदली रहनेछ। मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ