arrow

रास्वपा छाड्ने बढ्दै, बागमती प्रचारका उपप्रमुख चापागाईं भन्छन् -‘तपाईं हामीले सोचेजस्तो छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
bhabilal-chapagai-82-4-25.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि बढ्दै गएको छ । मिसन ८४ भन्दै सहकारी ठगीमा बन्दी जीवन बिताइरहेका रवि लामिछानेको पक्षमा आधा करोड हस्ताक्षर गरेको दाबी रास्वपाले गरिरहँदा दर्जनौँ नेता कार्यकर्ताले पार्टी छाड्ने क्रम जारी रहेको हो । 

सो क्रममा रास्वपा  बागमती प्रदेश प्रचारप्रसार समितिका उपप्रमुख भविलाल चापागाईंले पार्टीमा नबस्ने घोषणा गरेका छन् । उनले अरुलाई पनि रास्वपा छोड्न आग्रह गर्दै फेसबुकमा लेखेका छन्, ‘रास्वपाबाट फर्कन आम राष्ट्रभक्त नेपाली जनतालाई आग्रह गर्न चाहान्छौं ।’

उनले बाहिरबाट हेर्दा जस्तो देखिन्छ यथार्थमा रास्वपा त्यस्तो नरहेकोसमेत जिकिर गरेका छन् । उनले लेखेका छन्, ‘तपाईं हामीले सोचेजस्तो रास्वपा छैन है हजुर ।’

सभापति रवि सहकारी ठगी, दोहोरो राहदानीलगायत विभिन्न काण्डमा मुछिएपछि रास्वपामा नेता–कार्यकर्ताको क्रमशः मोहभंग हुँदै गएको देखिन्छ । नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका नेता रमेश खरेललगायत सयौँ नेता कार्यकर्ता पार्टीबाट बाहिरिइसकेका छन् ।

खरेल रास्वपा परित्याग गर्ने सबैभन्दा चर्चित अनुहार हुन् । सहकारी प्रकरणमा मुछिएका रवि ‘स्वार्थको द्वन्द्व’ बाझिने गरी गृहमन्त्री बनेकोप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेका थिए । उनी उपचुनावमा रास्वपाको उम्मेदवार भइ बारा–२ बाट उठेका थिए । 

एकातिर रविको पक्षमा भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ । भलै त्यो अभियानमा हरेक पार्टीका नेता कार्यकर्ताको हस्ताक्षर रहेको बताइन्छ । त्यसमाथि पार्टीप्रति असन्तुष्टि राख्दै धमाधम बाहिरिने क्रम बढ्दै जाँदा मिसन ८४ के होला भन्ने प्रश्न टड्कारो बनेको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेसहितका ठूला दलबाट असन्तुष्ट बनेकाहरु रास्वपामा गएको बताइए पनि पार्टीको हौवा धरातल भन्दै फेरि पूर्ववत् पार्टीमा फर्कने पनि बढेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ