arrow

देशभर बदली, पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशभर मौसम बदली रहनेछ। मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही क्षेत्रमा भारी वर्षाको पनि सम्भावना छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू-भाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको तराईको भू-भागका एक-दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी, आज राती देशभर सामान्य बदली रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। यसका साथै, कोशी प्रदेशको पहाडी भू-भाग, मधेश प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन र आवश्यक सावधानीका उपायहरू अपनाउन अनुरोध गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ