काठमाडाैँ । नेपाली बजारमा आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा एक हजार एक सय र चाँदी १५ रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै छापावाला सुनको भाउ प्रतितोला एक लाख ९८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुन आइतबार प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको थियो ।
यता आज असली चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदी प्रतितोला दुई हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।