arrow

गिलगिटमा पहिरोमा परी आठ जनाको मृत्यु, चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
landslide-gilgit-25-8-11.jpg

काठमाडौँ । पाकिस्तानको उत्तरी क्षेत्रको गिलगिट जिल्लामा सोमबार पहिरोको घटनामा आठ जनाको मृत्यु र चार जना घाइते भएका छन् । 

पाकिस्तानी पुलिसकाअनुसार देशको गिलगिट–बाल्टिस्तान क्षेत्रको जिल्ला गिलगिटमा रहेको बाढी प्रभावित दान्योर नामक खोलामा स्वयंसेवकहरूको समूह पुनस्र्थापना कार्यमा व्यस्त थियो । 

त्यही बेला यो घटना भयो । घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । फसेको आशंकामा रहेका अन्यको खोजी कार्य जारी रहने प्रहरीले बताएको छ । 

साथै सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ । गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले यस दुर्घटनामा गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ