लामिछानेलाई जेल स्थानान्तरण नगरिएकोमा सांसद केसीको आपत्ति [भिडियो]
देशभरका कारागारहरूको अवस्था सुधार गर्न र न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने माग
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
537
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेल सार्नका लागि गरिएको आग्रहलाई राज्यले अस्वीकार गर्नु दुःखद भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले अदालतले अनुमति दिए पनि लामिछानेलाई स्थानान्तरण नगरिएकोमा आपत्ति जनाए। उनले भने, "राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्तिलाई अदालतले स्थानान्तरणको अनुमति दिँदादिँदै पनि स्थानान्तरण नरिनु दुःखद मात्र होइन नबुझिँदो कुरा भएको छ।"
सांसद केसीले रूपन्देही कारागारमा मानव अधिकार आयोगको टोलीले गरेको अनुगमनको प्रसंग उठाउँदै देशभरका कारागारहरूको अवस्था सुधार गर्न र न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने माग गरे।