काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको हो भने असली चाँदीको भाउ २० रुपैयाँ बढेको हो ।
मूल्य घटेसँगै आज सुनको भाउ प्रतितोला एक लाख ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार आठ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य दुई हजार तीन सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि मंगलबार चाँदी प्रतितोला दुई हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।