arrow

माओवादी नेता पुरीसहित नौ जना बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर, एक वर्ष जेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
special-court.jpg

काठमाडौँ । झापाको बालुवाटारको जग्गा प्रकरणमा माओवादी नेता गगन पुरीसहित नौ जना दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरुलाई दोषी ठहर गर्दैै सजाय सुनाएको हो । 

अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सात जना मालपोत र नापीका कर्मचारी तथा दुई जना जग्गाधनीलाई दोषी ठहर गर्दै जरिबाना र कैदको फैसला सुनाएको हो ।

विशेष अदालतले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को १ को उपदफा ‘ज’ अनुसार मूल प्रतिवादी सरह सजाय हुने फैसला सुनाएको हो ।

विशेष अदालतले पुरीलाई मुख्य अभियुक्त ठहर गर्दै एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरिबाना ठहर गरेको छ ।

त्यस्तै कर्मचारीहरुलाई तीन महिनादेखि एक वर्षसम्मको कैद तथा १८ हजार ३ सय ४४ देखि १८ लाख ७४ हजर ३ सय ९८ रुपैयाँसम्मको जरिबाना लगाइएको छ । 

जसमा तीन जनालाई एक वर्ष, दुई जनालाई ६ महिना र बाँकीलाई तीन जनालाई तीन महिनाको जेल सजाय तोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ