arrow

मौसम र बाढी सम्बन्धी भ्रामक सूचना सम्प्रेषण नगर्न अनुरोध  

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
meteorological-forcasting-d.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्मन्धी भ्रामक तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास नगर्न अनुरोध गर्दै विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा प्रेषित सूचनाहरू प्रयोग गर्न अनुरोध गरेकी छिन् । 

उनले भनिन्, “हाल विभिन्न व्यक्ति तथा निकायले सामाजिक सञ्जाललगायतका माध्यममार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट पूर्वसूचना सम्प्रेषण गर्ने कार्य भइरहेका कारण सर्वसाधारणमा अन्योल सृजना भई जनगुनासाहरू प्राप्त भएकाले यस विभागको ध्यानाकर्षण भएको छ ।”

उनले मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अतिसंवेदनशील विषय भएकाले आधिकारित सूचना प्रयोग गर्न अनुरोध पनि गरेकी छिन् । 

विभागले जारी गरेको सूचनामा भनिएको छ, “मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अतिसंवेदनशील विषय भएकाले तल उल्लेखित विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रेषित सूचना प्रयोग गर्न आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ