-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुन-चाँदीको भाउ घटेको छ । आज सुन तोलामा छ सय र चाँदीमा २५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९६ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि सुनको भाउ बिहीबार प्रतितोला एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता आज असली चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार चाँदी प्रतितोला दुई हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।