एलजी नेपालले ४० वर्षको विश्वास र साथको उत्सव मनायो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
487
Shares
काठमाडौँ । गुणस्तर, नवप्रवर्तन र विश्वासको पर्याय बनेको एलजी नेपालले आफ्नो ४०औँ वार्षिकोत्सवको अवसरमा “४० वर्षको ड्यूराबिलिटी अभियान सुरु गर्दै ऐतिहासिक यात्रा र उपलब्धिको उत्सव मनाएको छ।
एलजी नेपालको यो उपलब्धि केवल समयको गणना मात्र नभई, नेपाली परिवारहरूसँग चार दशकदेखि कायम रहेको अटुट विश्वास, भावनात्मक सम्बन्ध र साझेदारीको प्रमाण हो। नेपाल प्रवेशसँगै एलजी केवल इलेकट्रोनिक्स ब्रान्ड मात्र नभई दैनिक जीवनको अभिन्न साथी बनेको छ। अत्याधुनिक फ्रिज, वाशिङ मेसिन, ओएलईडी टिभी, एयर कन्डिसनर र साउन्ड सिस्टममार्फत टिकाउ प्रविधि र दीर्घकालीन प्रदर्शन उपलब्ध गराउँदै आएको छ।
“४० वर्षको ड्यूराबिलिटी अभियानमार्फत एलजीले ग्राहकसँगको लामो सहयात्रालाई स्मरण गर्दै “साथ वर्षौँको, सम्बन्ध विश्वासको” भन्ने सन्देश सार्वजनिक गरेको छ। यसले नेपाली घर–घरमा पुस्तौँदेखि कायम रहेको विश्वास, टिकाउपन र साझा क्षणहरूको महत्वलाई पुनः उजागर गरेको छ।
आगामी वर्षहरूमा पनि उद्देश्यपूर्ण नवप्रवर्तनलाई निरन्तर अघि बढाउँदै, समयको परीक्षामा खरा उत्रने उत्पादन उपलब्ध गराउने लक्ष्य एलजीले लिएको छ। वातावरणमैत्री समाधान, अत्याधुनिक प्रविधि र ग्राहक–मैत्री सेवामार्फत हरेक नेपाली परिवारको जीवनलाई अझ सहज र उत्कृष्ट बनाउन कम्पनी प्रतिबद्ध छ।
एलजी नेपालका ब्रान्ड प्रबन्धक मुकेश कुमार बैठाले भने, “हाम्रो ४० वर्षको यो यात्रा सम्भव भएको हो, हामीमाथि ग्राहकहरूले देखाउनुभएको अटुट विश्वासका कारण। नेपालमा एलजीका उत्पादनहरू २० वर्षभन्दा बढी समयदेखि प्रयोग हुँदै आएका छन्। ग्राहकहरू हाम्रो उत्पादनप्रति अत्यन्तै विश्वास राख्नुहुन्छ। हामी निरन्तर अत्याधुनिक प्रविधि र टिकाउपनसहितका उत्पादन उपलब्ध गराउनेछौँ, जसले प्रत्येक नेपाली घरलाई ‘लाइभ गुड’ को घर बनाइरहनेछ।”
सिजी इलेकट्रोनिक्स अन्तर्गतको एलजी नेपालमा एलजी उत्पादनको प्रमुख वितरक हो। घरायसी उपकरणदेखि मनोरञ्जन तथा वातानुकूलन समाधानसम्म, एलजी नेपालले आफ्नो सुरुवातदेखि नै गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै उद्योग स्तरीय मापदण्ड कायम राख्दै आएको छ।