मनसुन कमजोर बने पनि जलवाष्पयुक्त हावा नेपालमा, वर्षाको सम्भावना कायमै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
514
Shares
काठमाडौँ। नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले मनसुन केही कमजोर बनेको छ। यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज (आइतबार) दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र मधेस प्रदेशका तराई र पहाडी भेगमा तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
आज राति पनि कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ। कोशी, गण्डकी, मधेस र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा र कोशी प्रदेशका तराई तथा पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।