परराष्ट्रमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
867
Shares
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजू राणा र भारतीय विदेश सचिव विक्रम मिश्री बीच आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका मिश्रीले यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता पुष्पकमल दाहाल सँग पनि भेट गरिसकेका छन्।