arrow

मनसुनको न्यून चापीय रेखा दक्षिणमा

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर, वर्षाको सम्भावना कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। मौसम पुर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर देखिएको छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, मधेस प्रदेशको तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्छ। विशेष गरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना कायमै रहेको विभागले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो र डुबान जस्ता जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ