देशका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
437
Shares
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर देखिएको छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भागका केही स्थानमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित पहाडी भागमा सामान्य बदली र अन्य भागमा आंशिक बदली रहनेछ। यी प्रदेशका तराई र पहाडी भेगका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले वर्षाका कारण पहाडी भागमा पहिरो र गेग्रान बहावको जोखिम रहेको, नदीनालामा पानीको सतह बढ्न सक्ने र यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।