arrow

क्याम्पस भ्यान दुर्घटना हुँदा चालकसिहत सात विद्यार्थी घाइते, दुई गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
van-accident-galkot.jpg

पोखरा । बागलुङस्थित गलकोट बहुमुखी क्याम्पसको भ्यान शुक्रबार बिहान दुर्घटना हुँदा सात जना विद्यार्थी घाइते भएका छन् । जसमा दुई जनाको अवस्था केही गम्भीर रहेको छ । 

गलकोट नगरपालिका वडा नं ५ जोइकुटीको भित्री सडकमा हरिचौरबाट विद्यार्थी बोकेर हटियातर्फ जाँदै गरेको भ्यान दुर्घटना भएको हो । 

घाइते सात जनामध्ये दुई जनालाई थप उपचारका लागि पोखरा रेफर गरिएको र अन्य पाँच जना समान्य उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गलकोटका अनुसार १८ वर्षीया सुस्मिता विक र प्रमिला विकलाई उपचारका लागि पोखरा ल्याइएको छ । 

सामान्य घाइते हुनेमा चालक २५ वर्षीय मोहनसिंह सुनार, १८ वर्षीय जीवन खत्री, मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री, १८ वर्षीया सुनिता सापकोटा छन् । चालक सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे थप छलफल भइरहेको प्रहरीले जनाइको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ