arrow

सडकमा अलपत्र सुटकेसभित्र महिलाको शव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
sutkes-death-body.jpg

रौतहट । रौतहटको मुडवालवा सडकमा सुटकेसभित्र महिलाको शव फेला परेको छ । गौर-सिरसिया सडकखण्डअन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शवसहितको सुटकेस फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेस खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो ।

गौर नगरपालिका-९ पर्ने सो सडकमा शनिबार राति १०ः३० बजे शकास्पद सुटकेस फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीले बताए ।

उनका अनुसार प्रहरी टोलीले आइतबार बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो ।

मृतक महिलाको अहिलेसम्म कुनै पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

शवमा साडी छिरिएको देखिएकाले महिलाको हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ ।

प्रहरीले महिलाको शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।

यस अघि गौर-५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया र सप्तरीका उपेन्द्र भगतको एक होटलमा शव फेला परेको थियो । यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ