आर्वामा बस दुर्घटनाः २३ घाइतेमध्ये चार गम्भीर [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
851
Shares
पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्बामा सोमबार बिहान नगरबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्, जसमा चार जनाको अवस्था गम्भीर छ । ग१ख ४०२७ नम्बरको बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा उपचार भइरहेको छ । घाइतेमध्ये केही समान्य उपचार पश्चात् घर फर्किसकेको अस्पताल प्रशासनले जनाएको छ ।
घाइतेको उद्दारमा पोखरा १३ का वडाध्यक्ष किरण बराललगायत जनप्रतिनिधि, स्थानीय र प्रहरी खटिएका थिए । वडाध्यक्ष बरालले आफ्नै गाडी प्रयोग गरी घाइतेलाई अस्पताल ल्याएका थिए ।
घाइतेको अवस्था बुझ्न गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी अस्पताल पुगेका थिए । सो अवसरमा उनले घायतेहरुलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै अस्पताल प्रशासनलाई उपचारमा कमी हुन नदिन आग्रह गरेका थिए ।
घाइते भई अस्पतालमा उपचाररत हुनेमा २० वर्षीया अन्जली परियार, ३२ वर्षीया अनिषा सापकोटा, ३० वर्षीया सुस्मा परियार, नौ वर्षीया सुप्रिया परियार, ६५ वर्षीया मनशोभा परियार, ५५ वर्षीया कोपिला बराल, ६२ वर्षीय टंकप्रसाद देवकोटा, ४६ वर्षीय चन्द्रबहादुर आले, ३२ वर्षीया मधु अधिकारी, ३४ वर्षीया पार्वती बराल र ४४ वर्षीया जमुना बराल छन् ।
उपचार पश्चात् डिस्चार्ज हुनेमा ६५ वर्षीया अम्विका ढकाल, २५ वर्षीया कविता पाण्डे, , ३७ वर्षीया चन्द्र पराजुली, डिस्चार्ज, ७० वर्षीय पदमराज बराल, १५ वर्षीया सिम्रन बराल, ४४ वर्षीया मनमाया सुनार, ४२ वर्षीय तेजबहादुर मगर, १० वर्षीया एन्जल परियार, ४० वर्षीया नानुमाया परियार, २३ वर्षीया रचना बराल, १९ वर्षीय दिव्यान बराल, २० वर्षीया शारदा बराल छन् ।