arrow

भोटेकोशी बोलेरो दुर्घटनामा दुई जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
accident-final.jpg

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका-४ हिन्दीमा बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । 

अरनिको राजमार्गअन्तर्गत हिन्दीमा दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

उनका अनुसार सर्लाही बरहथवा नगरपालिका-२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधिमाई नगरपालिका-१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए । 

दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल चालक तथा सहचालक दुवै जनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोलीले खोजी कार्य अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ