विश्व ताल दिवस: पारिस्थितिक प्रणालीको संरक्षणको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
578
Shares
काठमाडौं। पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वभर विश्व ताल दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन सुरु गरिएको हो।
गत वर्ष संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व ताल दिवस मनाउने प्रस्ताव पारित गरेको थियो। यसको मुख्य उद्देश्य राष्ट्रसङ्घीय संस्था, अन्तर्राष्ट्रिय सङ्गठन, नागरिक समाज, निजी क्षेत्र र शैक्षिक समुदायलाई तालको महत्त्वबारे शिक्षित गराउँदै तिनीहरूको संरक्षणका लागि प्रेरित गर्नु हो।
जैविक विविधताको संरक्षण: तालहरूले मानवका लागि पिउने पानी, कृषि र उद्योगका लागि महत्त्वपूर्ण स्रोतको काम गर्छन्। साथै, यिनले जैविक विविधता कायम राख्न अनगिन्ती प्रजातिका माछा, बोटबिरुवा र वन्यजन्तुलाई जीवन दिएका छन्।
वातावरणीय चुनौती: विश्वव्यापी तापक्रम वृद्धि, प्रदूषण र मिथेन उत्सर्जनका कारण तालहरू सुक्दै गएका छन् र बरफ पग्लने क्रम पनि बढिरहेको छ। यस्तो अवस्थामा ताजा पानीका स्रोतहरू घट्दै जानुले तालहरूको संरक्षणको आवश्यकता झनै बढेको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन्, जसले विश्वको जमिनको चार प्रतिशत भाग ओगटेका छन्।