नेपाल साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित, दोस्रो खेलमा बलिङ पहिले
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
652
Shares
काठमाडौँ । नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४६ रन बनाएको थियो।
नेपालले दिएको एक सय ४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै भेट्टाएको थियो ।
जितका लागि एक बलमा चार रन चाहिएको अवस्थामा अन्तिम बलमा र अस्ट्रेलियाका ब्राउनले चौका प्रहार गर्दै जित दिलाए ।
साउथ अस्ट्रेलियाको लागि विन्टरले ३६ रन र हार्बीले २७ रन बनाए । नेपालका लागि सोम्पाल कामीले तीन विकेट र नन्दन यादवले दुई र रोहित पौडेलले एक विकेट लिए ।
नेपालले लगातार दोस्रो पटक बिहीबार नै खेलिरहेको छ । दोस्रो खेलमा साउथले टस जितेर ब्याटिङ गरेको छ ।
नेपालले शनिबार साउथ अस्ट्रेलियासँगै एक दिवसीय अभ्यास खेल खेल्नेछ ।