arrow

प्रतिनिधि सभा

संसद असहमति मात्र होइन, सहमतिको थलो पनि हो : सभामुख घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
devraj-ghimire-82-1-22.jpg

काठमाडौं। सभामुख देवराज घिमिरेले संसद केवल असहमति व्यक्त गर्ने स्थल मात्र नभई राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि भएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ बोल्दै उनले भिजिट भिसा दुरुपयोग प्रकरणलाई लिएर सरकार र प्रतिपक्षी दलहरूबीच आवश्यक छलफल र संवाद नभएकोमा चिन्ता व्यक्त गरे। उनले लामो समयसम्म संसदमा असहमति राखेर बाहिरिने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि हानिकारक हुने चेतावनी पनि दिए।

सभामुख घिमिरेले सदनलाई सुचारु बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने संवादको कमी रहेकोमा दुःख व्यक्त गर्दै भने, "हामीले भविष्यलाई के सन्देश दिइरहेका छौँ भन्ने विषयमा हामी सबै सजग हुनुपर्ने आवश्यकता छ।"

उनले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन र गृहमन्त्रीको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गर्दै आएको सन्दर्भमा यो भनाइ राखेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ