arrow

साउथ अष्ट्रेलियाविरूद्धको तेस्रो खेलमा नेपालको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
cricket-team-nepal-05-14.jpg

काठमाडौँ । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो एकदिवसीय अभ्यास खेलमा जित निकालेको छ ।  

साउथ अष्ट्रेलियाविरूद्ध शनिबार भएको खेलमा नेपालले दुई विकेटको जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको साउद अस्ट्रेलिया ४५ ओभरमा दुई सय ४२ रनमा अलआउट भयो । दुई ४३ रनको लक्ष्य नेपालले ४४दशमलव१ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरे । उनले नटआउट एक सय एक रन बनाए । गुल्सन झाले ३६ रन र सोमपाल कामीले नटआउट ४० रन बनाए । 

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले तीन-तीन विकेट लिए । रूपेश सिंह, सन्दीप लामिछाने र शाहब अलामले एक-एक विकेट लिए । 

यसअघि नेपालले बिहीबार खेलिएका दुईटा टी-२० अभ्यास खेलमा पराजय भोगेको थियो ।

नेपाललाई साउथ अस्ट्रेलियाले दुई अभ्यास खेलमा पराजित गरेको थियो ।

यस्तै नेपालले मंगलबार एसिटी अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा जित निकालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ