arrow

तीन वर्षे बालक इनारमा मृत अवस्थामा फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
rautahat-new-2025-district.jpg

रौतहट । रौतहटको गुजरा नगरपालिका  वढा नं ९ सिमराभवानीपुरका बालक इनारमा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय विजय रामका तीन वर्षीय छोरा आर्यन राम घरदेखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख, प्रहरी नायब उपरिक्षक रूपा लाबुङ्गका अनुसार घरमा शनिबार निस्केको बालक खोजी गर्ने क्रममा फर्केर नआएपछि आमाले खोजतलासका लागि प्रहरीमा निवेदन दिएकी हुन ।

प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार मृत फेला परेको उनले जानकारी दिइन् । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झासहित प्रहरी चौकी सिमाराभवानीपुर र स्थानीय बासिन्दाले खोजतलास गरेको हो ।

गुजरा नगरपालिका-८ स्थित बालकको घरदेखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बालकको शव चन्द्रनिगाहपुस्थित सरकारी अस्पतालमा राखिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ