arrow

बाह्र राजमार्ग पूर्ण रुपमा अवरुद्ध, १६० एकतर्फी सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
araniko-rajmarga-81-5-1.jpg

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । 

विभागका अनुसार ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेसी-रसुवागढी सडक अवरुद्ध छन् ।

जमुनाहा-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ । 

यसैगरी, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार-खाँदबारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । 

विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ । चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ । ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्यफ्रुबसी-रसुवागढी सडकखण्ड पनि बन्द भएको छ । 

विभागका अनुसार छिन्चु-कुदु-जाजरकोट-दुनै-धो-तिन्जे-मरिम (भेरी करिडोर) पनि बन्द छ । कोइलाबास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तिगाउँ-थवाङ-लुकुम (शहीद मार्ग),सुर्खेत-तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक पनि अवरुद्ध छ । 

विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौँ-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ ।

यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास जारी रहेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ