arrow

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति कांग्रेस गम्भीर, जवाफ माग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
congress-party-office-05-16.jpg

काठमाडौँ । नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ ।  सरकारको निर्णयका विषयमा जवाफ माग गर्ने कांग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन् ।  

आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो । बैठकमा केही दिन अगाडिदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु सरकारले बन्द गरेको छ । यस विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको छ ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कांग्रेस जिम्मेवार रहेकाले सरकारको निर्णयप्रति गम्भीर रहेको उनले बताए । 

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति पार्टीका महामन्त्री गगन थापालगायतले जेताहरुले यसअघि नै आपत्ति जनाइसकेका थिए । 

यस्तै बैठकमा प्रदेश सभा निर्वाचनको विषयमा पनि छलफल भएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ