सरकारको सामाजिक सञ्जाल बन्द विरुद्धको कदममा पत्रकार सडकमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
778
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । सरकारले नेपालमा दर्ता नभएका २५ ओटा सामाजिक सञ्जाल बन्द गरेसँगै त्यसविरुद्ध पत्रकार उत्रिएका छन् । पत्रकारहरुले काठमाडौँको माइतीघरमा सरकारी कदमको विरोध प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यको आह्वानमा गरिएको विरोध प्रदर्शनमा सहभागीले ह्यासट्याग ‘नो ब्यान’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘जनताको आवाज बन्द गर्न पाइँदैन’, ‘लोकतन्त्र ह्याक हुँदैछ, निरंकुशता ब्याक हुँदैछ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे ।
यसअघि पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यले ‘दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको हाम्रो ठहर छ ” भनी शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए ।