arrow

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू : नेपाली सेना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
nepal-army-new.jpg.jpeg

काठमाडौँ । नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । 

बुधबार बिहानैदेखि सेनाले विभिन्न स्थानमा माइकिङ गर्दै र बाहिर निस्किएका नागरिकलाई रोक्दै घरमै बस्न आग्रह गरेको हो । 

सेनाका अनुसार अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको जानकारी दिएको छ । 

गत दुई दिनको जेनजीहरुको आन्दोलनले जनधन तथा भौतिक संरचनाको क्षति भएसँगै हाल काठमाडौँका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ