नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
687
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रवार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो।
विज्ञप्तिमा भनिएको छ ,“हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ। हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।”
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनताको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ।