arrow

संसद विघटनसँगै सुमनाले छाडिन् रास्वपा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
Sumana-Shrestha_kathmandu.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान सांसद एवं पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टी छाडेकी छिन् । 

लामो समयदेखि रास्वपाभित्र असन्तुष्ट सुमनाले अन्तरिम सरकार बनेर संसदसमेत विघटन भएसँगै आइतबार पार्टी छाडेको घोषणाा गरेकी हुन् । 

सुमनाले केही महिना अगाडि रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन् । पार्टीको दोहोरो जिम्मेवारी नलिने भन्दै उनले सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनी समानुपातिक सांसद थिइन् ।

सुमनाले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताइसकेकी छिन् । यद्यपि उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा शीतल निवास पुगेपछि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो । 

उनले रास्वपाको केन्द्रीय समितिलाई जानकारी गराएर पार्टी छाडेकी हुन् । उनले समितिको समूहमा लेखेकी छिन्, 'कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ