arrow

इजरायललाई 'अपराध' का लागि सजाय दिनुपर्छ: कतारका प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
israel-iran-warr.jpg

काठमाडौँ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले अन्तर्राष्ट्रिय समुदायलाई 'दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न' र इजरायललाई उसको 'अपराध' का लागि सजाय दिन आग्रह गरेका छन्। इजरायलले हमासका नेताहरूमाथि गरेको हवाई आक्रमणपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपत्कालीन शिखर सम्मेलनको तयारी बैठकमा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री अल थानीले भने, "इजरायलले विनाशको भुमरीमा परेका कतारको छिमेकी प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न सक्ने छैन।"

शिखर सम्मेलनमा के हुनेछ?
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले अरब र इस्लामिक नेताहरूको सोमबारको बैठकमा इजरायली आक्रमणको मस्यौदा प्रस्ताव तयार गर्ने विषयमा छलफल हुने बताएका छन्।

शिखर सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन, इराकी प्रधानमन्त्री मोहम्मद सिया अल-सुडानी, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान लगायतका नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान पनि सम्मेलनमा सहभागी हुने बताइएको छ।

प्यालेस्टिनी लडाकू समूह हमासका पोलिटब्युरो सदस्य बासेम नईमले यो शिखर सम्मेलनले इजरायल र हमासबीचको युद्धमा 'निर्णायक र एकीकृत अरब-इस्लामिक धारणा' र 'स्पष्ट तथा विशिष्ट उपायहरू' अघि सार्ने आशा गरेका छन्।

यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा रहेको कतारले अमेरिका र इजिप्टसँग मिलेर इजरायल-हमास युद्धमा महत्त्वपूर्ण मध्यस्थताको भूमिका खेलिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ