arrow

प्रधानमन्त्री सुशीला कार्की आँखा जाँचका लागि पुगिन् तिलगंगा अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
sushila-karki-gov-new.jpg

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगंगा अस्पताल पुगेकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, उनले आज अस्पताल पुगेर आँखाको जाँच गराएकी हुन्। वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेका थिए।

तिलगंगा अस्पताल व्यवस्थापनका अनुसार, प्रधानमन्त्री कार्कीको तीन महिनाअघि मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो। त्यसैको नियमित जाँचका लागि उनी अस्पताल आएकी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ