नरेन्द्र मोदी ७५ औँ जन्मदिन मनाउँदै, बधाई दिने ट्रम्प पहिलो व्यक्ति
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
2.5k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७५ वर्षका भएका छन् । उनको जन्मदिनको अवसरमा विश्वभरबाट बधाईको ओइरो लागेको छ । निरन्तर तेस्रो कार्यकाल प्रधानमन्त्रीको कुर्सी सम्हालिरहेका मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता हुन् ।
उनको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति नै फोन गरेर शुभकामना दिए । उनी मोदीलाई बधाई दिने पहिलो व्यक्तिसमेत बनेका छन् ।
ट्रम्पले मंगलबार राति भारतीय समयअनुसार १०ः५३ बजे उनलाई फोन गरेको बताए । ट्रम्पले राति ११ः३० बजे आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा प्रधानमन्त्रीसँगको कुराकानीको बारेमा जानकारी दिए ।
ट्रम्पले लेखे, ‘भर्खरै मेरो साथी, प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो । मैले उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना दिएँ । उहाँले अद्भुत काम गरिरनु भएको छ । नरेन्द्र, रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईंको सहयोगको लागि धन्यवाद ।’
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखे, ‘धन्यवाद, मेरो साथी, राष्ट्रपति ट्रम्प, तपाईंको फोन कल र मेरो ७५ औं जन्मदिनको शुभकामनाको लागि धन्यवाद । तपाईं जस्तै, म पनि भारत र अमेरिका बीचको व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध छु। हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फको तपाईंको पहललाई समर्थन गर्छौं ।’